News रातो कार्ड दिंदा रेफ्रीलाई मुखैमा मुक्का
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फुटबल खेलाडीलाई मैदानमै रेफ्रीले रातो कार्ड दिनु अति नै दण्डनीय कारवाही मानिन्छ । अर्थात् खेलाडीले गम्भिर गल्ती गर्दा नै रेफ्रीले रातो कार्ड देखाउने गर्दछ ।

तर कुनै बेला खेलाडीलाई त्यो रातो कार्ड देखाउँदा रेफ्रीलाई नै आपत परेको घट्ना बारम्बार सुनिने गरिन्छ । यस्तै घट्ना फेरि लण्डनमा घटेको छ ।

आइतबार स्थानीय प्रि–सिजन मैत्रीपुर्ण फुटबल म्याचका क्रममा स्र्पोटिङ क्लब डि मुन्डियल नामक क्लबको खेलाडीलाई रेफ्रीले रातो कार्ड देखाउँदा कार्ड देखाउने रेफ्रीले मुखैमा मुक्का खानु परेको छ ।

रिपोर्टअनुसार सो घट्ना लगतै प्रहरी र एम्बुलेन्स समेत पुगेको थियो । मुक्का खाने रेफ्रीको नाम भने सत्यम टोकी भएको बताइएको छ । २८ बर्षिय सत्यमले यो घट्नापछि उक्त खेलाडी विरुद्ध कानुनी प्रक्रियामा जाने वा नजाने भन्नेबारे विचार गरिरहेको बताएका छन् ।

सत्यमका अनुसार उनले खेलाडीलाई खेलका क्रममा पटक–पटक अपशब्द प्रयोग नगर्न आग्रह गरेका थिए । साथै उनले खेलमा आवश्यकता भन्दा बढी गुनासो गरेर खेललाई नै प्रभावित पार्ने काम गरेको बताए ।

सत्यका अनुसार यदि उनले खेलाडी विरुद्ध कानुनी कारवाहीका लागि प्रक्रिया अघि बढाए उक्त खेलाडीको जागिर नै धरापमा पर्ने र यदि आफूले त्यसो नगरे ती खेलाडीले भविष्यमा अन्य रेफ्रीमाथि पनि त्यस्तै व्यवहार दोहोर्याउन सक्ने बताए ।

 

 

 

Post Comments