News
चितवन जिल्ला लिगका खेलहरु केही दिनका लागि स्थगित
चितवन । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग तत्कालका लागि स्थगित भएको छ । चितवन जिल्ला फुटबल संघले आज एक सूचना जारी गर्दै लिगका खेलहरु तत्कालका लागि स्थगित भएको जानकारी दिएको हो ।
अविरल वर्षाका कारण लिगका खेल सञ्चालित भरतपुर ७ कृष्णपुरको मैदान हिलाम्य भएकोले अर्को सूचना जारी नभएकोसम्मका लागि स्थगित गरिएको संघले जनाएको छ । संघले छिट्टै यस बारे थप निर्णय गर्ने सूचनामा उल्लेख छ ।
संघका महासचिव रामहरि ढकालले मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै केही दिन वर्षा हुने भएको लिगका खेलहरु स्थगित गरिएको बताए । शनिबारसम्म मौसमको अवस्था हेरेर यस बारे थप निर्णय गरिने उनले जानकारी दिए । संघका अध्यक्ष श्रीकृष्ण कार्कीले वर्षा नरोकिए मैदानको अन्य विकल्प बारे पनि सोच्न सकिने बताए ।
जारी लिगका खेलहरु बिहीबारबाट नै रोकिएका छन् । लिगमा हाल तेस्रो चरणका खेलहरु जारी छन् । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)