काठमाडौं (एजेन्सी) । बुधबारदेखि फ्रान्समा शुरु भएको ओलम्पिक गेम्सको पुरुष फुटबलतर्फ दुई एसियाली राष्ट्र इराक र जापानले उत्कृष्ट जितका साथ विजयी शुरुवात गरेका छन् ।
समूह बी मा रहेको इराकले आफ्नो पहिलो खेलमा युक्रेनलाई २–१ ले । त्यसअघि सोही समूहमा रहेको अर्को खेलमा मोरक्कोले अर्जेन्टिनामाथि २–१ को विवादास्पदपूर्ण जित निकालेको थियो ।
इराकले समूह चरणको दोस्रो खेलमा २७ जुलाईका दिन अर्जेन्टिनासँग खेल्नेछ । सोही दिन हुने अर्को खेलमा युक्रेन र मोरक्को पनि भिड्ने छन् ।
त्यस्तै समूह डी मा रहेको जापानले आफ्नो पहिलो खेलमा पाराग्वेमाथि ५–० को प्रभावशाली जित निकाल्यो । सोही समूहको अर्को खेलमा इजरायल र मालीले १–१ गोलको बराबरी खेले ।
अब २७ जुलाईका दिन हुने समूह चरणको दोस्रो खेलमा जापानले मालीको सामना गर्दा सोही दिन इजरायल र पाराग्वे पनि भिड्ने छन् ।
त्यस्तै दावेदार मानिएको आयोजक फ्रान्सले पनि पुरुष फुटबलमा उत्कृष्ट शुरुवात गरेको छ । समूह ए मा रहेको फ्रान्सले आफ्नो पहिलो खेलमा अमेरिकालाई ३–० ले हरायो ।
फ्रान्सले आफ्नो आगामी खेल २७ जुलाईका दिन गुएनासँग खेल्नेछ । सोही दिन अमेरिकाले न्युजिल्याण्डको सामना गर्नेछ । स्मरण रहोस, समूह ए तर्फको पहिलो खेलमा न्युजिल्याण्डले गुएनामाथि २–१ को जित निकालेको थियो ।
- ब्राजीललाई छैठौंपटक फिफा फुटसल विश्वकपको उपाधि
- उत्तर कोरिया तेस्रोपटक फिफा यु–२० महिला विश्वकपको च्याम्पियन
- फिफा यु–२० महिला विश्वकपः क्वाटरफाइनलमा उत्तर कोरियासँग ब्राजील र जापानसँग स्पेन स्तब्ध
- फिफा फुटसल विश्वकपः थाइल्याण्ड, अफगानिस्तान विजयी शुरुवात
- फिफा विश्वकप एसियाली छनौटको तेस्रो चरणको खेलहरु शुरु