News
ओलम्पिक महिला फुटबलः क्यानडा, फ्रान्स, जर्मनी, अमेरिका, स्पेन र ब्राजीलको विजयी शुरुवात
काठमाडौं (एजेन्सी) । फ्रान्समा शुरु भएको ओलम्पिक गेम्सको महिला फुटबलतर्फ दावेदार टोलीहरुले विजयी शुरुवात गरेका छन् । समूह ए तर्फ डिफेन्डिङ च्याम्पियन क्यानडाले न्युजिल्याण्डलाई २–१ ले हराउँदा सोही समूहको अर्को खेलमा आयोजक फ्रान्सले कोलम्बियामाथि ३–२ को जित निकाल्यो ।
त्यस्तै समूह बी मा जर्मनीले अष्ट्रेलियामाथि ३–० को जित हात पार्दा अमेरिकाले जाम्बियामाथि समान ३–० को जित दर्ता गर्यो । त्यसैगरी समूह सी तर्फ स्पेनले जापानलाई २–१ ले हरायो भने सोही समूहको अर्को खेलमा ब्राजीलले नाइजेरियालाई १–० ले निराश तुल्यायो ।
प्रतियोगितामा सहभागि कुल १२ टोलीहरुलाई तीन समूहमा विभाजन गरिएको छ । जसबाट प्रत्येक समूहको शिर्ष टोली र उत्कृष्ट दोस्रो स्थान हासिल गर्ने दुई टोलीहरु नकआउट चरणमा प्रवेश गर्ने छन् ।
Post Comments
Related News
- उत्तर कोरिया तेस्रोपटक फिफा यु–२० महिला विश्वकपको च्याम्पियन
- फिफा यु–२० महिला विश्वकपः क्वाटरफाइनलमा उत्तर कोरियासँग ब्राजील र जापानसँग स्पेन स्तब्ध
- फिफा फुटसल विश्वकपः थाइल्याण्ड, अफगानिस्तान विजयी शुरुवात
- फिफा विश्वकप एसियाली छनौटको तेस्रो चरणको खेलहरु शुरु
- सेप्टेम्बरमा शून्य नेपाली अन्तर्राष्ट्रिय फुटबल, रेफ्रीलाई भने अवसर