News
बंगलादेशसँग भुटान दोस्रो खेलमा पनि पराजित
काठमाडौं । दुई फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्न भुटान पुगेको बंगलादेशले घरेलु टोली विरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचमा पनि जित हात पारेका छन् ।
पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचमा भुटानलाई ५–१ ले हराएको बंगलादेशले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचमा ४–२ को जित निकाल्यो ।
स्मरण रहोस, दुवै टोली यसै वर्षको अक्टुबर १७ देखि ३० तारीखसम्म नेपालमा हुने महिला साफ च्याम्पियनसिपको तयारीमा छन् । प्रतियोगिताको समूह ए मा रहेको बंगलादेशले भारत र पाकिस्तानसँग खेल्नेछ भने समूह बी मा रहेको भुटानले आयोजक नेपाल, माल्दिभ्स र श्रीलंकासँग खेल्ने कार्यक्रम छ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल