काठमाडौं । एन्फा युथ लिग यु–१८ फुटबल प्रतियोगिता अन्तर्गत मनाङ मस्र्याङ्दी क्लबले शिर्ष स्थानमा उक्लिन सफल भएको छ भने थ्रीस्टार क्लबले सिजनको दोस्रो जित हात पारेको छ ।
एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले एपिएफ फुटबल क्लबमाथि २–१ को जित निकाल्यो । यो नतिजापछि ६ खेलबाट १५ अंक जोडेको मनाङ शिर्ष स्थानमा उक्लेको छ । र दोस्रो स्थानको टोली पुलिस भन्दा २ अंकले अगाडी छ । यद्यपि पुलिसले एक खेल कम खेलेको छ । उता पराजित एपिएफको खातामा भने ७ अंक छ र लिगतालिकाको मध्यतिर छ ।
बिहीबार नै भएको अर्को खेलमा थ्रीस्टार क्लबले जावलाखेल युथ क्लबलाई शून्यका विरुद्ध २ गोलले हराउँदै महत्वपूर्ण जित र तीन अंक हात पार्यो । यो जितपछि थ्रीस्टारको ६ खेलबाट ७ अंक भएको छ र लिगतालिकाको मध्यतिर उक्लिएको छ । पराजित जावलाखेलको भने ५ अंक छ ।
डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा कुल १२ टोलीहरु सहभागि छन् । लिगको शिर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ । विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले ५० हजार प्राप्त गर्नेछ ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान