काठमाडौं (एजेन्सी) । जारी ओलम्पिक गेम्सको पुरुष फुटबलतर्फ सेमिफाइनलमा प्रवेश गर्ने चार टोलीहरुको टुंगो लागेको छ । साथै सेमिफाइनल समिकरण पनि पूरा भएको छ ।
प्रतियोगिताको पहिलो क्वाटरफाइनलतर्फ मोरक्कोले अमेरिकामाथि ४–० को एकतर्फी जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्यो । दोस्रो क्वाटरफाइनलमा स्पेनले जापानको चुनौति ३–० ले समाप्त पार्यो ।
तेस्रो क्वाटरफाइनलतर्फ इजिप्टले पाराग्वेलाई टाईब्रेकरमा ५–४ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । त्यस्तै अन्तिम क्वाटरफाइनलमा आयोजक फ्रानसले अर्जेन्टिनामाथि १–० को जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्यो ।
योसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । अब अगस्त ५ तारीखका दिन हुने दुई सेमिफाइनल अन्तर्गत पहिलो सेमिफाइनलमा मोरक्कोले स्पेनको सामना गर्नेछ भने दोस्रो सेमिफाइनलमा इजिप्टले फ्रान्ससँग खेल्नेछ ।