
मकवानपुरको मनहरी गाउँपालिका–९ रजैयामा जारी रजैया कप फुटबल प्रतियोगितामा शुक्रबारको खेलमा मङ्गोलियन यूथ क्लव बस्तीपुर र नमोबुद्ध युवा क्लव बसामाडी बिजयी ।
पहिलो खेलमा मङ्गोलियनले हरियाली क्लव ज्यामिरे बी लाई सडनडेथमा हराएको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछी सडनडेथ मार्फत निर्णय लिइएको हो । खेलमा मङ्गोलियनका गोलरक्षक म्यान अफ द म्याच हुँदै नगद एकहजार सहित ट्रफी प्राप्त गरे ।
यस्तै दोस्रो खेलमा लामिटार यूथ क्लव हाँडीखोलालाई ३–१ गोल अन्तरले हराउँदै नमोबुद्ध यूथ क्लव बसामाडी बिजयी भयो । खेलको म्यान अफ द म्याचसहित भएका बादल थिङले बसमाडीका लागि ह्याट्रीक गरे । लामिटारको तर्फबाट लक्ष्मण राईले एक गोल गरेपनि टिमलाई हारबाट जोगाउन सकेनन् ।
ह्याट्रीक गरेका थिङ नै खेलको म्यान अफ द म्याच भए ।
शनिबार हरियाली युवा क्लव ज्यामिरे ए र योङ ब्वाइज क्लव मनहरी तथा राप्ती रिभर फुटबल क्लव आर आर एफसी० र ड्रीम एफसी लोथरको बीचमा खेल हुने आयोजक केदारेश्वर युवा क्लवका अध्यक्ष प्रमोद अधिकारीले जानकारी दिए ।
प्रतियोगिताको बिजेताले नगद २० हजार र उपविजेताले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । बिहीवारबाट सुरु भएको प्रतियोगितामा १८ क्लवको सहभागिता रहेको छ ।
- दिव्य स्पोर्टस एकेडेमीलाई नागस्वती युथ कपको उपाधि
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई