News इण्डोनेसियन लिगमा रोहितको टोलीको खराब शुरुवात
गोलनेपाल

काठमाडौं । इण्डोनेसियाको शिर्ष फुटबल लिग लिगा वानको नयाँ सिजनमा नेपालका स्टार डिफेन्डर रोहित चन्द आवद्ध रहेको टोली पेर्सिक केदिरीले नयाँ सिजनमा खराब शुरुवात गरेको छ ।

रोहितको टोली पेर्सिकले आफ्नो पहिलो खेलमा बाली युनाइटेडसँग ३–१ को हार बेहोर्दै नयाँ सिजनमा खराब शुरुवात गर्न बाध्य बनेको हो । खेलमा रोहितले पहिलो रोजाई मै रहेर पूरा समय खेले ।

पेर्सिकले आफ्नो दोस्रो खेल आउँदो अगस्त १९ तारीख सोमबारका दिन पिएसएस स्लेमनसँग खेल्नेछ । स्मरण रहोस, रोहितको टोलीले गत सिजन लिगतालिकाको नवौं स्थानमा रहेर सिजनको समापन गरेको थियो । लिग उपाधि भने बोर्नियोले जितेको थियो ।

Post Comments