News प्रितकुमार मोक्तान स्मृति फुटबल प्रतियोगिता: मकरी यूथ क्लव विजयी
बिक्रम बानियाँ क्षेत्री

प्रितकुमार मोक्तान स्मृति प्रतिष्ठानको आयोजनामा मकवानपुरको मनहरी गाउँपालिका–१ चकरीमा जारी वडास्तरीय फुटबल प्रतियोगितामा आइतबार एकमात्र खेल भएको छ ।

आइतबार भएको खेलमा मकरी यूथ क्लवले परिवर्तनशिल युवा क्लब बी लाई ३–० गोल अन्तरले हराएको छ । मकरीको लागि विमल तामाङ ले दुई गोल गरेका थिए भने सुनिल बर्तौलाले एक गोल गरेका हुन् । दुई गोल गरेका तामाङ नै खेलको म्यान अफ द म्याच भए । प्

रतियोगितामा साविक हाँडीखोला गाविसका १६ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments