
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकालेको ताजा बरियतामा नेपाली महिला फुटबल टोली एक स्थान तल खस्किएको छ ।
फिफाले अगस्त महिनाका लागि निकालेको नयाँ वरियता अनुसार नेपाल एक स्थान तल खस्किदै ९८ स्थानमा झरेको हो । दक्षिण एसियातर्फ भने नेपाल दोस्रो स्थान मै छ ।
त्यस्तै दक्षिण एसियातर्फ शिर्ष स्थानमा रहेको भारत पनि फिफा वरियतातर्फ एक स्थान तल झर्दै ६८औं स्थानमा पुगेको छ ।
एक स्थान सुधार गर्दै १३९औ स्थानमा उक्लेको बंगलादेश दक्षिण एसियातर्फ तेस्रो स्थानमा छ । १५७औं स्थानमा रहेको श्रीलंका दक्षिण एसियातर्फ चौथो स्थानमा रहँदा १५८औं स्थानमा रहेको पाकिस्तान दक्षिण एसियातर्फ पाचौं स्थानमा छ ।
त्यस्तै १६१औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियातर्फ छैटौं स्थानमा रहँदा १७५औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ सातौं स्थानमा छ ।
विश्व वरियताको शिर्ष स्थानमा भने भर्खै पेरिस ओलम्पिकमा स्वर्ण पदक जितेको अमेरिका रहेको छ । त्यसैगरी दोस्रो स्थानमा इङ्ल्याण्ड छ भणे तेस्रो स्थानमा स्पेन रहेको छ ।
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने
- एएफसी च्याम्पियन्स लिग इलिटः अल हिलालको चुनौति सेमिफाइनलबाटै समाप्त
- एएफसी यु–२० महिला एसियन कप छनौटतर्फ समूह ए मा नेपाल
- उज्वेकिस्तानलाई एएफसी यु–१७ एसियन कपको उपाधि