News साविक विजेता भारतको भुटानमाथि साँघुरो जित
गोलनेपाल

काठमाडौं । साफ यु–२० च्याम्पियनसिपतर्फ उपाधिको दावेदार र साविaक विजेता समेत रहेको भारतले संघर्षपुर्ण जितका साथ प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

सोमबार भएको समूह बी तर्फको पहिलोखेलमा भारतले भुटानमाथि शून्यका विरुद्ध १ गोलकोजित निकाल्दै विजयी शुरुवात गरेको हो । एन्फा कम्प्लेक्समा भएको खेलको ३७औं मिनटमा मोनिरुल मोल्लाले गरेको एक मात्र गोल भारतलाई जित दिलाउन निर्णायक गोल बन्यो ।

खेलको दोस्रो हाफ केहीबेर तनावपूर्ण समेत बनेको थियो । भारत र भुटानका खेलाडीहरु विवादसहित हातपातमा उत्रिदा नेपालका फिफा रेफ्री श्याम दनुवारले भारतका दुई र भुटानकाएक खेलाडीलाई रातो कार्ड देखाएका थिए ।

यो जितपछि भारतले पनि सेमिफाइनल प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ । समूह चरणतर्फ आफ्नो दोस्रो खेलमा भारत रभुटान दुवैले माल्दिभ्ससँग खेल्ने कार्यक्रम छ ।

Post Comments