
म्याङलुङ । छथर जोरपाटी धनकुटा र बि.बि.सि. तेह्रथुम, तेह्रथुमको म्याङलुङमा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेका छन । म्याङलुङ रंगशालामा मंगलबार सम्पन्न पहिलो क्वाटर फाइनलमा छथर जोरपाटी धनकुटाले कुम्मायक पॉचथरलाई ४-० ले पराजित गर्दै सेमीफाइनल पुगेको हो ।
त्यस्तै मंगलबार नै सम्पन्न दोस्रो क्वाटर फाइनलमा पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले सप्तरीलाई पराजित गर्दै बि.बि.सि. तेह्रथुम सेमिफाइनल पुगेको हो । खेलको निर्धारीत समयमा दुबै टिमले गोल गर्न नसकेपछी नतिजा पेनाल्टी मार्फत निकालिएको थियो ।
भदौ १२ गते बुधबार क्वाटर फाइनलका अन्तिम दुइ क्वाटरफाइनल हुने आयोजकले जानकारी दिएको छ । पहिलो क्वाटरफाइनल खेल दिउँसो १२ बजे थ्री स्टार र इटहरी फुटबल क्लब बिच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल दिउँसो २ बजे डिफेन्डिङ च्याम्पियन बि.एम. बेलबारी vs चुलाचुली दमक बिच हुने बताइएको छ ।
लाखेजात्रा तथा श्रीकृष्ण जन्माष्टमीको अवसरमा म्याङलुङ रंगशालामा विगत वर्षहरूमा झै यो वर्ष पनि प्रतियोगिता सन्चालन गरिएको म्याङलुङ स्पोटिङ क्लबका अध्यक्ष प्रविन मोतेले जानकारी दिनुभयो । भदौ १५ गते सम्म सन्चालन हुने प्रतियोगितामा विजेताले २ लाख सहीत ट्रफि र उपविजेताले १ लाख प्राप्त गर्ने अध्यक्ष मोतेले बताउँनुभयो ।