News
मैदानमै ढलेका उरुग्वेका खेलाडीको निधन
काठमाडौं (एजेन्सी) । गत साता खेलका दौरान मैदान मै ढलेका उरुग्वेयन डिफेन्डर जुआन इज्क्वेर्डोको २७ वर्षको उमेरमा निधन भएको छ । प्रतिष्ठित दक्षिण अमेरिकी प्रतियोगिता कोपा रिबर्टाडोरेसको प्रिक्वाटरफाइनलतर्फ अगस्त २२ तारीखका दिन साओ पाउलो विरुद्ध खेल्ने क्रममा जुआन मैदान मै डलेका थिए ।
लगतै उनलाई अस्पताल पुर्याइएको थियो । यद्यपि उपचारकै क्रममा उनको मंगलबार निधन भएको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार उरुग्वेयन क्लब नासनलका लागि खेलिरहेका जुआनको मुटुसम्बन्धी समस्या कै करण निधन भएको हो ।
खेलको ८४औं मिनटमा अचेत भई ढल्दा मैदानमा त्यतिबेला उनी अन्य खेलाडीहरुको नजिक नरहेको बताइएको छ । यद्यपि उनको पछि मैदान मै उपचार पनि गरिएको थियो । त्यसपछि उनलाई अस्पतालतर्फ लगिएको थियो ।
Post Comments
Related News
- उत्तर कोरिया तेस्रोपटक फिफा यु–२० महिला विश्वकपको च्याम्पियन
- फिफा यु–२० महिला विश्वकपः क्वाटरफाइनलमा उत्तर कोरियासँग ब्राजील र जापानसँग स्पेन स्तब्ध
- फिफा फुटसल विश्वकपः थाइल्याण्ड, अफगानिस्तान विजयी शुरुवात
- फिफा विश्वकप एसियाली छनौटको तेस्रो चरणको खेलहरु शुरु
- सेप्टेम्बरमा शून्य नेपाली अन्तर्राष्ट्रिय फुटबल, रेफ्रीलाई भने अवसर