तेह्रथुममको म्याङलुङमा जारी नेत्र गुरागाई स्मृति गोल्ड कप २०८१ को फाइनलमा छथर जोरपाटी धनकुटा प्रवेश गरेको छ ।
बिहीबार सम्पन्न पहिलो सेमीफाइनलमा थ्री-स्टार तेह्रथुमलाई ट्राइवेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै धनकुटा फाइनलमा पुगेको हो । निर्धारीत समयमा दुवै टिमबाट गोल नभएपछी नतिजा ट्राइवेकर मार्फत निकालिएको थियो ।
बिहीबार नै हुने भनिएको बि.बि.सि. तेह्रथुम र चुलाचुली दमक झापा बिचको दोस्रो सेमिफाइनल खेल वर्षाका कारण खेल मैदानमा पानि जमेकोले रोकियो ।उक्त खेल शुक्रबार बिहान ८ बजे सन्चालन गर्ने गरी सारिएको आयोजकले जानकारी दिएको छ ।
लाखेजात्रा तथा श्रीकृष्ण जन्माष्टमीको अवसरमा म्याङलुङ रंगशालामा विगत वर्षहरूमा झै यो वर्ष पनि प्रतियोगिता सन्चालन गरिएको म्याङलुङ स्पोटिङ क्लबका अध्यक्ष प्रविन मोतेले जानकारी दिनुभयो ।
भदौ १५ गते सम्म सन्चालन हुने प्रतियोगितामा विजेताले २ लाख सहीत ट्रफि र उपविजेताले १ लाख प्राप्त गर्ने अध्यक्ष मोतेले बताउँनुभयो । त्यसैगरी वेष्ट किपर,वेस्ट प्लेयर,वेस्ट डिफेन्डर, हाई स्कोरर र उदयमान खेलाडीलाई उचित पुरस्कारले पुरस्कृत गरिने खेल संयोजक राजहाङ पीरती सुब्बाले बताउँनुभयो ।
- तेह्रथुमको आठराईमा असोज १९ गते देखि दोस्रो चुहानडॉडा खेलकुद कार्यक्रम हुँदै
- बि.बि.सि.तेह्रथुमलाई नेत्र गुरागाई स्मृति गोल्डकपको उपाधि
- छथर जोरपाटि र बि.बि.सि. फाइनलमा भिड्ने
- प्यारालाइसिस अवस्थामा रहेका तेह्रथुमका एन्फा रेफ्री सुमन खापुङको आज मुटुको अप्रेशन हुँदै
- नेत्र गुरागाई स्मृति गोल्डकपको सेमिफाइनल समीकरण पूरा