काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले चोटिल बनेका र उपचार गराईरहेका पूर्व तथा वर्तमान फुटबल खेलाडीहरुको उपचार खर्च उपलब्ध गराउने भएको छ । बिहीबार बसेको एन्फाको कार्यसमिति बैठकले खेलाडीहरुको बिमा गर्ने निर्णय समेत गरेको थियो ।
सोही क्रममा बैठकले आठ खेलाडीहरुको उपचार खर्च पनि उपलब्ध गराउने भएको छ । नेपाल फुटबल खेलाडी संघका अध्यक्ष बिक्रम लामाका अनुसार एन्फाले रेनुका नगरकोटी (१,९३०००), नवयुग श्रेष्ठ (५१०३१), राजेश परियार (२,७१,२४६), कुसुम खतिवडा (५१०००), दिपक मगर (५०,०००), अभिषेक बराल (१,२७०००), दिनेश हेन्जन र फत्तेमान घले (३,०६,७४७), गंगा गुरुङ (३,००,०००) को उपचार खर्च उपलब्ध गराउने भएको हो ।
त्यसबाहेक एन्फाले उत्कृष्ट पुरुष तथा महिला खेलाडीलाई छनौट गरी प्रोत्साहन स्वरुप कार प्रदान गर्ने पनि निर्णय गरेको छ । साथै खेलाडीहरुको पारिश्रमिक बृद्धिसँगै वर्गिकरण अनुसार पारिश्रमिक उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
खेलाडी संघका अध्यक्ष बिक्रम लामाले एन्फाले खेलाडीहरुको पक्षमा गरेको यी निर्णयहरुप्रति एन्फालाई धन्यवाद र आभार व्यक्त गरेका छन् । यद्यपि उनले आउने दिनहरुमा पनि खेलाडीहरुको हकहितका लागि आवाज उठाईरहने उद्घोष समेत गरेका छन् ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)