काठमाडौं । आउँदो अक्टुबर १७ देखि ३० तारीखसम्म नेपाल मै आयोजना हुन गईरहेको प्रतिष्ठित साफ महिला च्याम्पियनसिपतर्फ आयोजक तथा गत संस्करणको उपविजेता नेपालले आफ्नो पहिलो खेल भुटानसँग खेल्ने भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सार्वजनिक गरेको खेलतालिका अनुसार समूह बी मा रहेको नेपालले १८ अक्टुबरका दिन भुटानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्ने पक्का भएको हो । समूह बी मा नेपाल र भुटानसँगै माल्दिभ्स र श्रीलंका रहेका छन् ।
त्यस्तै प्रतियोगिताको उद्घाटन खेलमा भने १७ अक्टुबरका दिन समूह ए तर्फका दुई परस्पर प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्ने छन् । समूह ए मा भारत र पाकिस्तान बाहेक साविक विजेता बंगलादेश पनि रहेको छ ।
प्रत्येक समूहको शिर्ष दुई टोलीहरु सेमिफाइनलमा प्रवेश गर्नेछन् । साफले निकालेको खेलतालिका अनुसार प्रतियोगिताका सबै खेलहरु दशरथ रंगशालामा हुनेछन् ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल