News
कृत्रिम घाँसे मैदान निर्माणका लागि एन्फा र धुलिखेल बीच सम्झौता
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र धुलिखेल नगरपालिकाबीच धुलिखेल खेल मैदानमा कृत्रिम घाँसे मैदान निर्माणको लागि सम्झौता भएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको सम्झौतापत्रमा एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ्ग र धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक कुमार व्यान्जुले हस्ताक्षर गरे ।
हस्ताक्षर कार्यक्रममा एन्फा महासचिव किरण राई र धुलिखेल–३ का वडा अध्यक्ष गणेश आचार्य लगायलतका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।
स्मरण रहोस, भाद्र ११ र १३ गते सम्पन्न एन्फा कार्यसमितिको सातौं बैठकले सो मैदान निर्माणका लागि १ लाख अमेरिकी डलर विनियोजन गरेको छ ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान