काठमाडौं । नचाहँदा नचाहँदै पनि कतिपयलाई जिवनमरणको अवस्थामा पुर्याउने रोग भन्ने कुरा आफैमा डरलाग्दो र भयवावह हुन्छ । यही भयावह स्थितिबाट इलामका युवा खेलाडी समिर सुजि पनि थलिएका छन् ।
देउमाइ नगरपालिका–३ (साविक शान्तिडाडा–८) वाफ्रुङ्ग स्थायी निवासी समिर अकस्मात बिरामी भई उपचार गराउँदा उनलाई क्यान्सर जस्तो घातक रोग रहेको पुष्टी भएको छ । उनको उपचार मै सबथोक सकिन लागेपछि अहिले उनको परिवारलाई सहयोगको अपिल गरेका छन् ।
कमजोर आर्थिक अवस्था भएकै कारण समिरको उपचारमा थप कठिनाई भएपछि उनको परिवारलाई खुला मन, सहृदयी, सहयोगीहरुसँग सहयोगको अपिल गरेका हुन् । हामी गोलनेपाल परिवार पनि समस्त फुटबलप्रेमीहरु माझ यी युवा खेलाडीको जिवनरक्षाका लागि सबैसँग सहयोगको अपिल गर्दछौं ।
समिरको अझै फुटबल मै रमाउने सपना पूरा गर्न हामी सबै एकजुट भएर सहयोग गरौं । उनलाई सहयोग गर्न चाहनेहरुका लागि तल दिइएको विवरणमा गएर सहयोग गर्न सक्नुहुनेछ ।
Bank :- Siddhartha Development Bank Ltd.
Ac no. :-00715241553
Ac Holder name :- Dinesh Nepali
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै