काठमाडौं । एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत वालिङ नगरपालिका र दावेदार एपिएफ फुटबल क्लबले जित हात पार्दै तीन–तीन अंक जोडेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा वालिङले संकटा क्लबमाथि १–० को जित निकाल्यो । वालिङको जितमा अफ्रिकी खेलाडी सिसी एनटोङ्गोले एक मात्र निर्णायक गोल गरिन् ।
यो जितपछि ३ खेलबाट वालिङको ६ अंक भएको छ र लिगतालिकाको माथिल्लो स्थानमा उक्लिएको छ । पराजित संकटा भने १ अंकका साथ संघर्षरत छ ।
त्यस्तै सोमबार नै भएको दोस्रो खेलमा एपिएफले चन्द्रपुर नगरपालिकामाथि ६–० को एकतर्फी जित निकाल्यो । एपिएफका लागि रेनुका नगरकोटीले दुई गोल गर्दा सबिता राना मगर, रश्मी कुमारी घिसिङ, प्रिती राई र गीता रानाले एक–एक गोल गरे ।
यो जितपछि ३ खेलबाट ३ खेलबाट ७ अंक जोडेको एपिएफ शिर्षता कै होडमा छ । उता पराजित चन्द्रपुरको खातामा भने २ अंक रहेको छ ।
कुल १० टोलीहरु सहभागि लिग विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा