News
चितवन भेट्रान्सको विजयी शुरुवात

हेटौडा । रोटरी क्लब अफ मकवानपुरको आयोजनामा तेस्रो रोटरी मकवानपुर पिप्ले-क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगितामा चितवन भेट्रान्सले विजयी शुरुवात गरेको छ ।
हेटौडा-५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको उद्घाटन खेलमा चितवन भेट्रान्सले नागस्वती भेट्रान्सलाई टाईब्रेकरमा ४-३ ले हराउँदै विजयी शुरुवात गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए ।
नेपालभरिबाट कुल १५ टोलीहरु सहभागी प्रतियोगिताको उद्घाटन हेटौडा उपमहानगरपालिकाकि मेयर मिना कुमारी लामाले गरेकी थिईन ।
प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिँदै जाने लक्ष्य रहेको खेल संयोजक मोहन ढकालले बताए । प्रतियोगिता सम्पन्न गर्न करिब १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । पहिलो र दोस्रो संस्करणको उपाधि चितवन भेट्रान्स क्लव चितवनले जितेको थियो ।
Post Comments
Related News
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा