इलाम । इलामको सूर्योदय नगरपालिका ५ श्रीअन्तुस्थित गोरखमा दोस्रो गोरख भेट्रान कप फुटबल प्रतियोगिता कात्तिक दोस्रो साता हुने भएको छ ।
आयोजक गोरख टोल विकास संस्थाले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको दोस्रो संस्करणबारे जानकारी दिएको हो । प्रतियोगितामा ८ टोलीको सहभागिता रहने बताइएको छ ।
आउँदाे कात्तिक ७ गतेदेखि १० गतेसम्म हुने प्रतियोगिताको विजेताले नगद ७० हजार र ट्रफी पाउने खेल संयाेजक विकास तामाङले जानकारी दिए । उनका अनुसार उपविजेताले नगद ३५ हजार पाउने छ ।
प्रतियोगितामा इलाम र झापाका ५ वटा र भारतका ३ टोलीको सहभागिता रहने भएको छ । जसमा आयोजकसँगै फिक्कल, इलाम, बिर्तामोड, दमक तथा भारतका दार्जीलिङ, बुङकुलुङ र सिक्किमका टोली रहेका छन् ।
यसपटक खेलाडीको बीमा पनि गरिएको आयोजकले जनाएको छ । नेको इन्स्यूरेन्ससँगको कार्यमा बीमा गरिएको हो । प्रति खेलाडी २ लाखकाे दरले बीमा गरिएकाे जनाइएकाे छ ।
प्रतियोगिता सम्पन्न गर्न ६ लाख ३५ हजार खर्च लाग्ने अनुमान आयोजकको छ । गोरख टोल विकास संस्थाका अध्यक्ष ललित तामाङको अध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो ।
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक