काठमाडौं (एजेन्सी) । कोलम्बियामा जारी फिफा यु–२० महिला विश्वकपतर्फ गत संस्करणको उपविजेता जापानसँगै अको एसियाली राष्ट्र उत्तर कोरियाले सेमिफाइनल यात्रा तय गरेका छन् ।
क्वाटरफाइनलतर्फ जापानले साविक विजेता स्पेनलाई शून्यका विरुद्ध १ गोलले हरायो । र, गत संस्करणको फाइनलमा बेहोरेको हारको बदला लिन पनि सफल भयो ।
त्यस्तै उत्तर कोरियाले गत संस्करण तेस्रो स्थान हासिल गरेको ब्राजीललाई समान १–० को अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भयो ।
त्यसबाहेक अन्य क्वाटरफाइनलतर्फ नेदरल्याण्डसले आयोजक कोलम्बियाले पेनाल्टी शुटआउटमा ३–० ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।
त्यस्तै अमेरिकाले जर्मनीलाई पेनाल्टी शुटआउट मै ३–१ले हराउँदै सेमिफाइनल स्थान सुरक्षित गर्यो । त्यसअघि यी दुई टोलीले पनि निर्धारित समयको खेल २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।
सेमिफाइनल समिकरण पनि पूरा
क्वाटरफाइनल खेलहरु सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । अब सेप्टेम्बर १८ तारीख बुधबारका दिन हुने पहिलो सेमिफाइनलमा अमेरिकाले उत्तर कोरियाको सामना गर्नेछ भने सोही दिन हुने दोस्रो सेमिफाइनलमा जापानले नेदरल्याण्डसँग खेल्नेछ ।