काठमाडौं (एजेन्सी) । उज्वेकिस्तानमा जारी प्रतिष्ठित फिफा फुटसल विश्वकपमा एसियाली राष्ट्र थाइल्याण्डसँगै पहिलोपटक सहभागिता जनाईरहेको अफगानिस्तानले विजयी शुरुवात गरेको छ ।
समूह बी मा रहेको थाइल्याण्डले क्रोएसियालाई २–१ ले हराउँदै विजयी शुरुवात गरेको हो । सोही समुहमा रहेको दावेदार ब्राजीलले पनि क्युवामाथि १०–० को जित निकाल्दै विजयी शुरुवात गर्यो ।
त्यस्तै समूह सी मा रहेको अर्को एसियाली राष्ट्र अफगानिस्तानले अंगोलामाथि ६–४ को प्रभावशाली जित निकाल्दै विजयी शुरुवात गर्यो । सोही समूहमा रहेको अर्को टोली तथा गत संस्करणको उपविजेता अर्जेन्टिनाले युक्रेनमाथि ७–१ को जित निकाल्यो ।
समूह डी तर्फ स्पेन र कजाखस्तानलाई १–१ को बराबरी खेल्दै अंक बाँडे । सोही समूहको अर्को खेलमा लिबियाले न्युजिल्याण्डलाई ३–१ ले हराउँदै विजयी शुरुवात गर्यो ।
स्मरणीय छ, यसअघि शनिबार भएको उद्घाटन खेलमा समूह ए तर्फ आयोजक उज्वेकिस्तानले नेदरल्याण्डससँग ३–३ गोलको रोमाञ्चक बराबरी खेल्दा सोही समूहको अर्को खेलमा पाराग्वेले कोस्टारिकालाई ६–२ ले हरायो ।
प्रतियोगितामा सहभागि कुल २४ टोलीहरुलाई ६ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली र उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने थप चार टोलीहरु नकआउट चरणा प्रवेश गर्नेछन् । प्रतियोगिताको समापन ६ अक्टुबरमा दिन हुने कार्यक्रम छ ।
- उत्तर कोरिया तेस्रोपटक फिफा यु–२० महिला विश्वकपको च्याम्पियन
- फिफा यु–२० महिला विश्वकपः क्वाटरफाइनलमा उत्तर कोरियासँग ब्राजील र जापानसँग स्पेन स्तब्ध
- फिफा विश्वकप एसियाली छनौटको तेस्रो चरणको खेलहरु शुरु
- सेप्टेम्बरमा शून्य नेपाली अन्तर्राष्ट्रिय फुटबल, रेफ्रीलाई भने अवसर
- मैदानमै ढलेका उरुग्वेका खेलाडीको निधन