News
स्व. बिल तामाङ स्मृति दोस्रो सहारा कप एचके फुटबल प्रतियोगिता हुने
काठमाडौं । सहारा क्लब, हङकङको आयोजनामा यही सेप्टेम्बर २२ तारीखका दिन स्व. बिल तामाङ स्मृति दोस्रो सहारा कप एचके सिक्स ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।
हङकङ स्थित जोर्डन पार्क, काउलुन पार्कमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क २ हजार हङकङ डलर तोकिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित २० हजार हङकङ डलर हात पार्नेछ भने उपविजेताले १२ हजार हङकङ डलरसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका सचिव कुमार गुरुङले जानकारी दिए ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने