News
आर्मीसँग कोशी निरीह
काठमाडौं । एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले सहज जित दर्ता गरेको छ । आर्मीले मंगलबार छैठौं चरणको पहिलो खेलमा कोशी प्रदेशमाथि ५–० को एकतर्फी जित निकाल्यो ।
एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीका लागि बिमला चौधरी र अनिता लम्जेलले समान दुई–दुई गोल गर्दा थप एक गोल हिमा चौधरीले गरेकी थिईन् ।
यो जितपछि ६ खेलबाट १३ अंक जोडेको आर्मी दोस्रो स्थानमा उक्लिएको छ । पराजित कोशी भने १० अंकका साथ चौथो स्थानमा यथावत छ ।
कुल १० टोलीहरु सहभागि लिग विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
(तस्विरः एन्फा)
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)