राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जन र तेक्वान्दो खेलाडी मेलिशा खड्गी सोमबार नगदसहित सम्मानित भएका छन् ।
खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गर्न महत्वपूर्ण योगदान गरेकोमा थापाथली जनकल्याण परिवारले आफ्नो २९ औं वार्षिकोत्सवका अवसरमा उनीहरुलाई सम्मान गरेको हो । सोही अवसरमा अन्य क्षेत्रमा योगदान पु¥याउनेलाई पनि नगदसहित सम्मान गरिएको थियो ।
विराजको कप्तानीमा नेपालले बंगलादेशमा भएको बंगबन्धु गोल्डकप, मलेसियामा भएको एएफसी सोलिडारिटी कप र भारतमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेको थियो ।
मेलिशाले टप माउन्टेन तेक्वान्दो संघ, हङकङले आफ्नो नवौं वार्षिकोत्सवका अवसरमा हङकङमा आयोजना गरेको नवौं तेक्वान्दो ग्योरोगी च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । मेलिशा आठौं संस्करणको पनि स्वर्ण विजेता हुन् ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उप मेयर हरिप्रभा खड्गीले दुवैलाई जनही १० हजार र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न