News सातौं राईनो संरक्षण गोल्डकपको तयारी तिब्र
गोलनेपाल

कावासोती । गैडा संरक्षणका लागि जनचेतना जगाउने उदेश्यले नवलपुरको मध्यविन्दु २ कोल्हुवाको राईनो रङ्गशालामा हुने राष्ट्रिय स्तरको राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको सातौ संस्करण आगामी कार्तिक ३ गतेबाट हुने भएसगै तयारीतिब्र पारीएको छ ।

राष्ट्रिय स्तरको राईनो संरक्षण गोल्डकप फुबल प्रतियोगितालाइृ भव्य रुपमा सम्पन्न गर्न राईनो क्लवको नियमित बैठक बस्ने र विभिन्न उप समिति निर्माण गर्ने कार्यलाई तिब्रता दिईएको क्लवका अध्यक्ष दोमन बहादुर भण्डारीले बताए ।

राईनो क्लवको भाद्र १६ गते बसेको बैठकले राईनो संरक्षण गोल्ड क्लवको सातौं सस्करण आगामी कार्तिक ३ गते देखी संचालन गर्ने निर्णय गरेको थियो ।

एक सिगेँ गैडाको संरक्षण र वन्यजन्तुको चोरी शिकार नियन्त्रणका लागि युवाहरुलाई प्रत्यक्ष सहभागी गराउने उद्देश्यले सो प्रतियोगिता आयोजना गरिदै आइरहेको छ ।

गैँडा संरक्षणको सन्देश दिने उद्देश्यले २२ वर्ष अघिदेखि राईनो संरक्षण गोल्ड कप प्रतियोगिता हुँदै आएको छ । राईनो संरक्षण फुटबल प्रतियोगितामा विभागीय टिम, राष्ट्रिय स्तरका क्लव सहित १२ वटा टिम सहभागी थिए ।

प्रतियोगितामा विजेता हुनेले नगद रु ८ लाख प्रमाण पत्र र ट्रफि प्राप्त गर्ने छन भने उप विजेताले नगद रु ४ लाख , ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने छ ।

खेल अवधि भर हरेक दिन उत्कृष्ट खेल प्रर्दशन र्ने खेलाडी मध्यबाट म्यान अफ दि म्याच धोषणा गरीने छ । त्यस्तै समापनको अवसरमा सर्वाधिक गोल कर्ता, उत्कृष्ट खेलाडीलाई समेत नगद राशी सहित सम्मान गरीने छ ।

नवलपुरलाई खेलको माध्यमबाट चिनाउने साथै गैँडा संरक्षणको सन्देश दिन प्रतियोगिता गरिदै आएको आयोजक राईनो क्लबका सचिब बद्री नेपालले बताउनुभयो ।

सातौं संस्करण सफल बनाउन संरक्षणकर्मी, सरोकारवाला निकाय, संघ, प्रदेश र स्थानिय पालिकाहरुलाई आग्रह समेत गर्नुभएको छ ।

Post Comments