
काठमाडौ. । साफ यु–१७ च्याम्पियनसिपतर्फ समूह बी मा सोमबार आयोजक भुटान र पाकिस्तानले ३–३ गोलको रोमाञ्चक बराबरी खेल्दा सोही समूहमा रहेको नेपाललाई केही दबाब थपिएको छ ।
सोमबार नै भएको पहिलो खेलमा नेपालले श्रीलंकामाथि ४–० को जित निकाले तापनि भुटान र पाकिस्तानले बराबरी खेलेपछि नेपाललाई दबाब थपिएको हो ।
सोमबारको नतिजापछि २ खेलबाट समान ४–४ अंक जोडेका भुटान र पाकिस्तान क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । ३ अंक जोडेको नेपाल तेस्रो स्थानमा रहँदा अंकविहीन श्रीलंका पुछारमा छ ।
अब बुधबार हुने समूह चरणको अन्तिम खेलमा पाकिस्तानले तुलनात्मक रुपमा कमजोर श्रीलंकाको सामना गर्नेछ भने सोही दिन नेपालले उत्कृष्ट लयमा रहेको भुटानसँग खेल्नेछ ।
समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । लगातार दुई खेलमा हार बेहोरेको श्रीलंका भने समूह चरणबाटै बाहिरिएको छ ।
(Pic: Bhutan FA)