News
ब्रिगेड ब्वाईजलाई प्रथम इन्ट्रा पथरी शनिश्चरे गोल्डकपको उपाधि
पथरी । संघर्षपुर्ण जिका साथ यहाँ सम्पन्न प्रथम इन्ट्रा पथरी शनिश्चरे राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि ब्रिगेड ब्वाईज क्लब (बीबीसी) ले जितेको छ ।
शनिबार भएको फाइनलमा ब्रिगेडले संकटा फुटबल क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा ब्रिगेडले संकटामाथि ५–३ को जित निकाल्दै उपाधि उचाल्न सफल भयो ।
विजेता बनेको ब्रिगेड ब्वाईज क्लबले उपाधिसहित नगद ३ लाख हात पार्दा उपविजेता बनेको संकटाले २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।
पथरी–११ फुटबल क्लब, मोरङको आयोजना, इन्ट्रा फाउण्डेशन अमेरिकाको मुख्य प्रायोजन तथा पथरी शनिश्चरे नगरपालिका, मोरङको विशेष सहयोग रहेको प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments
Related News
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय