काठमाडौं । भुटानमा जारी साफ यु–१७ च्याम्पियनसिपको फाइनलमा गत संस्करणका दुई फाइनलिस्ट भारत र बंगलादेश नै भिड्ने भएका छन् । स्मरणीय छ, भारत गत संस्करणको विजेता हो भने बंगलादेश उपविजेता हो । जारी प्रतियोगितामा पनि भारत र बंगलादेश एकै समूहमा थिए । समूह चरणमा यी दुई टोली भिड्दा भारतले बंगलादेशमाथि १–० को जित निकालेको थियो ।
शनिबार थिम्पु स्थित चाङलिमिथाङ स्टेडियममा भएको पहिलो सेमिफाइनलमा भारतले नेपालको चुनौति ४–२ ले समाप्त पार्दै फाइनलमा स्थान सुरक्षित गर्यो । त्यस्तै बंगलादेशले भने पाकिस्तानलाई पेनाल्टी शुटआउटमा ८–७ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।
अब सोमबार हुने फाइनलमा भारत र बंगलादेश फेरि एकपटक उपाधिका लागि भिड्ने छन् । संयोग कस्तो भन्दा गत संस्करणको फाइनलमा यी दुई टोली भिड्दा प्रतियोगिताको आयोजना भुटानले नै गरेको थियो । त्यतिबेला फाइनलमा भारतले बंगलादेशलाई २–० ले हराउँदै उपाधि जितेको थियो ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल