News
राईजिङ कपको खेलतालिका सार्वजनिक
झापा । राईजिङ फुटबल क्लब, झापा गाउँपालिका–१, झापाको आयोजनामा हुन गईरहेको राईजिङ कप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजकले प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरेको छ ।
उद्घाटन खेलमा आयोजक राईजिङ एफसी र सुकेडाँगी एफसी भिड्ने छन् । त्यस्तै दोस्रो खेलमा नवकिरण स्र्पोटिङ क्लब र चुलाचुली भिड्ने छन् । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल असोज २३ गतेका दिन हुनेछ ।
विजेता तथा उपविजेता टोलीका साथ साथै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा