News विश्वासलाई राष्ट्रिय टोलीदेखि फुटबल समर्थकहरुको सहयोग
गोलनेपाल

काठमाडौं । राष्ट्रिय फुटबल खेलाडी विश्वास श्रेष्ठको पिताको उपचारका लागि अहिले विभिन्न तहबाट आर्थिक सहयोग आउने क्रमले तिव्रता पाएको छ ।

गत भदौमा घरमा आगलागी हुँदा लाखौंको क्षति बेहोरेका विश्वास श्रेष्ठका पितालाई यहि मंसिरको पहिलो साता करेन्ट लाग्दा घरबाट खसेर गम्भिर घाइते हुन पुगेका थिए । उनको हाल काठमाडौंमा उपचार भइरहेको छ ।

पिताको उपचारमा हालसम्म १२ लाख भन्दा बढी खर्च भइसकेको र अझै खर्च हुने विश्वासले बताएका छन् । परिवारमा भएको सबै आर्थिक रकम पिता कै उपचारमा खर्चिएको बताउँदै उनले सहयोगका लागि फुटबल समर्थकहरुसँग अपिल गरेका थिए ।

राष्ट्रिय टोली र समर्थकहरुको साथ

यसै क्रममा विश्वासलाई राष्ट्रिय टोलीका सदस्यहरुले संयुक्त रुपमा ५० हजार सहयोग गरेका छन् । त्यस्तै फुटबल फ्यान भिमु गुरुङले १० हजार सहयोग गरेकी छिन् भने मंगलबार मात्रै वालिङ भेट्रानका मोती कुँवर र अशोक श्रेष्ठले २० हजार सहयोग गरेका थिए ।

विश्वासका लागि सहयोग अभियानमा सक्रिय भई लागेका सिनियर खेलाडी लक्ष्मण रुचालका अनुसार विश्वासको परिवारलाई सहयोग गर्नेहरुको संख्यामा बृद्धि भएको बताए । उनका अनुसार यहि सहयोग अभियानले विश्वासलाई राहत मिलेको समेत उनले बताए ।

विश्वासलाई सहयोग गर्नका लागिः

Online transfer /Bank Deposit 


Bishwash Shrestha 

Machhapuchre Bank Limited 
A/C No: 2840524309472015 



Remit:


Bishwash Shrestha

Waling, Syangja, Nepal 

Mobile: 9823531906

Post Comments