News सहनशील, जिवाइसी र बोजिनीको जित
गोलनेपाल

काठमाडौं । दोस्रो जहरसिंहपौवा कप खुला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत सहनशील युवा क्लब, जिवाइसी र बोजिनी युथ क्लबले आ–आफ्नो खेलहरुमा जित हात पारेका छन् ।

दिनको पहिलो खेलमा सहनशीलले धारापानी युथ क्लबलाई १–० ले हरायो । सहनशीलका लागि मर्मिन तामाङले एक मात्र गोल गरे । खेलमा सहनशील कै मिसन लामा म्यान अफ दि म्याच चुनिए । यो जितसँगै सहनशील क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

दोस्रो खेलमा जिवाइसीले गगलफेदी युथ क्लबलाई ५–० को फराकिलो अन्तरले हरायो । जिवाइसीका लागि कप्तान पुरुषोत्तम लामाले ह्याट्रिक गरे । त्यस्तै प्रकाश बस्नेत र सोनम वाइबाले थप एक–एक गोल गरे । खेलमा ह्याट्रिक गरेका जिवाइसीका पुरुषोत्तम लामा म्यान अफ दि म्याच चुनिए । यो जितसँगै जिवाइसी पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

त्यस्तै दिनको तेस्रो खेलमा साविक विजेता बोजिनीले फ्रेण्डस अफ तामाङलाई २–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गर्यो । बोजिनीको जितमा दुवै गोल सुशान्त श्रेष्ठले गरे । श्रेष्ठ नै खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।

जहरसिंह पौवा युथ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि नगद ५५,५५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दियो । फाइनल खेल यही असोज २३ गतेका दिन हुनेछ ।

Post Comments