आठराई । तेह्रथुमको आठराईमा शनिबारदेखि शुरू भएको तेस्रो चुहानडाँडा खेलकुद कार्यक्रममा आइतबार खुल्ला पुरूष फुटबल तर्फको पहिलो चरणका ६ खेल सम्पन्न भएका छन ।
चुहानडॉडा स्थित तेह्रथुम बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न आजको पहिलो खेलमा कालिपालाई ४-० गोलले पराजित गर्दै बोखिम दोस्रो चरणमा प्रवेश गरेको छ।
त्यसै गरी आजै सम्पन्न दोस्रो,तेस्रो ,चौथो र पॉचौ खेलमा क्रमश ह्वाकुले थोक्लुङलाइ, लिसिबुङले फुङसिङ बि लाई,सिम खर्कले हात्तिखर्कलाई र तेह्रथुम बहुमुखी क्याम्पसले इवालाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन ।
आइतवार नै तोकिएको अन्तिम खेलमा निर्धारित समयमा दमक उपस्थित नभएपछि नेटबल मार्फत फुङसिङ ए दोस्रो चरणमा प्रवेश गरेको प्रतियोगिताका खेल सचिव दिलकुमार कन्दङ्वाले जानकारी दिए ।
सोमबार पहिलो चरणका चार खेल सन्चालन गरिने र पहिलो खेल मितेरी फुटबल क्लब र पापो समाज बिच हुने अध्यक्ष ओम कुमार लिम्बुले जानकारी दिए ।
प्रतियोगिताको बिजेताले नगद १ लाख र उपविजेताले ५० हजार प्राप्त गर्ने प्रतियोगिताका अध्यक्ष ओम कुमार लिम्बुले बताए । कुल २१ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल यही असोज २४ गतेका दिन हुनेछ ।
- तेह्रथुमको आठराई छातेढुंगामा कार्तीक २१ देखि २७ गते सम्म दिपावली मेला लाग्ने
- लिसिबुङ एफ. सि.लाई चुहानडॉडा खुल्ला पुरूष फुटबलको उपाधि
- तेस्रो चुहानडॉडा खेलकुद कार्यक्रममा लुङभित्ताको विजयी शुरूवात
- तेह्रथुमको आठराईमा असोज १९ गते देखि दोस्रो चुहानडॉडा खेलकुद कार्यक्रम हुँदै
- बि.बि.सि.तेह्रथुमलाई नेत्र गुरागाई स्मृति गोल्डकपको उपाधि