News रुपन्देहीमा स्वास्थ्य बिमा सहितको फुटसल हुने
सुरज राना मगर

तिलोत्तमा । रुपन्देहीमा खेलाडीहरुको स्वास्थ्य बिमा सहितको खुला फुटसल प्रतियोगिता हुने भएको छ । यहि आउँदो मंसिर २८ र २९ गतेका दिन हुन गईरहेको युनिक फुटसल खुला नकआउट फुटबल प्रतियोगितामा खेलाडीहरुको स्वास्थ्य बिमा हुनेछ ।

आयोजक युनिक फुटसलका खेल संयोजक समेत रहेका रहिष डुम्रेका अनुसार खेलका क्रममा खेलाडीहरु घाइते र दुर्घट्नामा परे स्वास्थ्य बिमा हुने बताए ।

तिलोत्तमा नगरपालिका–५ कफी कम्पनी स्थित आफ्नै युनिक फुटसल एरिनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । त्यस्तै विधागत तर्फ पनि पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक डुम्रेले बताए ।

प्रतियोगितामा सहभागि हुने टोलीहरुका लागि टिम दर्ता शुल्क ४२०० राखिएको छ । खेल संयोजक डुम्रेका अनुसार प्रतियोगितामा बढीमा ३० टोलीहरुसम्मको सहभागिता रहने अनुमान गरिएको छ ।

रुपन्देहीमा फुटबल मात्र नभएर फुटसलको विकासमा पनि आफूहरुले निरन्तर योगदान दिन चाहेको डुम्रेले बताए । इन्डोर खेल भए तापनि खेलाडीहरुको शारीरिक र मानसिक स्थितिलाई स्वस्थ्य राख्न फुटसल पनि प्रभावकारी हुने डुम्रेको भनाई थियो ।

साथै आफूहरुले प्रतियोगिता राष्ट्रिय स्तर मै गर्न लागेकोले प्रतियोगिताको उद्देश्य नै राष्ट्रिय टोलीका लागि राम्रा खेलाडीहरुको अवसर र पहिचान गर्नु समेत रहेको डुम्रेले बताए ।

Post Comments