काठमाडौ । साफ महिला च्याम्पियनसिपतर्फ दुई दावेदार टोलीहरु साविक विजेता बंगलादेश र भारत समूह ए बाट सेमिफाइनलमा प्रवेष गरेका छन । बंगलादेश समूह विजेता र भारत समूह उपविजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेका हुन ।
समूह चरणको अन्तिम खेलमा बंगलादेशले भारतमाथी ३-१ को प्रभावशाली जित हात पारेपछी समूह ए बाट सेमिफाइनल पुग्ने दुई टोलीको टुंगो लागेको हो । समूह ए मा दुई खेलबाट ४ अंक जोडेको बंगलादेश शिर्ष स्थानमा रहँदा ३ अंक जोडेको भारत दोस्रो स्थानमा रह्यो । त्यस्तै १ अंक जोडेको पाकिस्तान भने पुछारमा रह्यो र समूह चरणबाटै बाहिरियो ।
बंगलादेश र भारतले अब सेमिफाइनलमा समूह बी का क्रमशः उपविजेता र विजेतासंग भिड्नेछन । समूह बी तर्फ अन्तिम दुई खेलहरुमा बिहीबार नेपालले श्रीलंकास्ँग खेल्दैछ भने भुटानले माल्दिभ्ससँग खेल्दैछ । समूह ए बाट नेपाल र भुटानको सेमिफाइनल प्रवेशको सम्भावना बलियो र लगभग तय पनि छ ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल