मेचीनगर । उत्कृष्ट पूनःरागमनका साथ आयोजक इट्टाभट्टा फुटबल क्लब, झापा जारी प्रथम इट्टाभट्टा कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
दोस्रो सेमिफाइनलतर्फ इट्टाभट्टाले शहरी प्रतिद्वन्द्वी शनिश्चरे फुटबल क्लब, झापालाई टाईब्रेकरमा ३–२ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । त्यसअघि खेलमा पछि परेको स्थिति उल्टाउँदै आयोजक इट्टाभट्टाले रोमाञ्चक पूनःरागमनका साथ शनिश्चरेसँग निर्धारित समयको खेलमा २–२ गोलको खेलेको थियो ।
खेलमा इट्टाभट्टाका गोलरक्षक युवराज पुरी म्यान अफ दि म्याच घोषित भए । इट्टाभट्टाले अब कार्तिक ९ गते हुने फाइनलमा ह्यापी क्लब, काकरभिट्टासँग उपाधिका लागि भिड्ने छ ।
इट्टाभट्टा फुटबल क्लब, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा