News नालिफुङवा र हाङगेथाम कागे मेलाको दोस्रो चरणमा प्रवेश
गोलनेपाल

सन्दकपुर । इलामको सन्दकपुर ५ जमुनामा जारी कागे मेला २०८१ को चौथो नालिफुङवा र हाङगेथाम विजयी हुँदै दोस्रो चरणमा प्रवेश गर्न सफल भएका छन ।

गजाधर धनमायॉ रंगशालामा बिहीबार साउथ इङलालाई सडन डेथमा पराजित गर्दै नालिफुङवा एफ सी प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ।

त्यस्तै खुल्ला पुरूष तर्फको बुधबार सम्पन्न पहिलो चरणको अन्तिम खेलमा मझुवालाइ शुन्यका विरूद्ध दुइ गोलले पराजित गर्दै हॉङगेथामले विजयी शुरूवात गरेको छ ।

मेलाको अवसरमा आयोजित भेट्रान्स फुटबल प्रतियोगिताको बिहीबार सम्पन्न खेलबाट घुम्ति भेट्रान्स क्वाटर फाइनलमा प्रवेश गरेको छ । इलाम गुरुङ समाज काठमान्डौलाई शुन्यका विरूद्ध दुइ गोलले पराजित गर्दै घुम्ती भेट्रान्स क्वाटर फाइनलमा पुगेको हो ।

शुक्रबार पनि खुल्ला पुरूष फुटबल तर्फको प्री क्वाटर फाइनलका दुइ खेल र भेट्रान्स तर्फ क्वाटर फाइनलको एक खेल हुने जमुना फुटबल क्लबका अध्यक्ष जीवन गुरूङले जानकारी दिए ।

बिस टिम सहभागि रहेको खुल्ला पुरूष फुटबल तर्फको विजेताले एक लाख पचास हजार सहित तीन वर्षे रनिङ ट्रफि र उपविजेताले पचहत्तर हजार सहित ट्रफि प्राप्त गर्नेछ ।

Post Comments