बराहक्षेत्र । एपिएफ, पूर्वाञ्चल पकली यहाँ जारी दशौं सप्तकोशी गोल्ढकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।
एपिएफले तेस्रो क्वाटरफाइनलतर्फ घरेलु टोली सप्तकोशी युवा क्लब, बराहक्षेत्रलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।
बसन्त ऋतु माविको खेलमैदानमा भएको खेलमा एपिएफका लागि दिप्शन राईले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । निर्णायक गोलकर्ता राई नै खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।
प्रतियोगिता अन्तर्गत कार्तिक १० शनिबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल न्यु स्टार फुटबल क्लब, कालाबञ्जर, सुनसरी र पथरी–११, फुटबल क्लब, पथरी, मोरङबीच हुने आयोजकले जानकारी दियो ।
सप्तकोशी युवा क्लब, बराहक्षेत्र–७, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । कुल ८ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल भने यही कार्तिक १४ गतेका दिन हुनेछ ।