News एपिएफ सातौं राईनो गोल्डकपको फाइनलमा
गोलनेपाल

कोल्हुवा । विभागीय टोली एपिएफ फुटबल क्लब, काठमाडौं यहाँ जारी सातौं राईनो गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको पहिलो सेमिफाइनलमा एपिएफले देशभक्त फुटबल क्लब, नवलपरासीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । एपिएफको जितमा युवराज खड्काले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता खड्का नै खेलको म्यान अफ दि म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत कार्तिक १२ गते सोमबारको दोस्रो सेमिफाइनल खेल नमोबुद्ध युवा क्लब, सप्तरी र अर्को विभागीय टोली नेपाल पुलिस क्लब, काठमाडौं बीच हुने आयोजकले जानकारी दियो ।

राईनो क्लब, मध्यविन्दु९४, नवलपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल खेल आउँदो कार्तिक १४ गतेका दिन हुनेछ ।

Post Comments