News
राष्ट्रिय खेलाडी सञ्जिव विष्ट पनि विदेश प्रस्थान
काठमाडौं । एक पछि अर्को राष्ट्रिय खेलाडीहरुको विदेश पलायनको क्रम जारी रहँदा त्यही सूचीमा सञ्जिव विष्ट पनि थपिएका छन् । नेपाली टोलीका उदाउँदा फरवार्डका रुपमा हेरिका विष्टले आफ्नो सुनिश्चित भविष्यका लागि अष्ट्रेलियालाई गन्तव्य बनाएर विदेशिएका हुन् ।
पछिल्लो समय सम्भावना बोकेका फरवार्ड मध्ये एकका रुपमा हेरिका सञ्जिव विष्ट राष्ट्रिय टोलीको अग्रपंक्तिमा आफूलाई उभ्याउन प्रयासरत थिए । तर, लिग पनि नहुनु, फुटबलमा भविष्य पनि सोंचे जस्तो नदेखेपछि सञ्जिवले विदेशिनुलाई अन्तिम विकल्पका रुपमा हेर्न बाध्य बने ।
स्मरण रहोस, केही साता अघि मात्रै राष्ट्रिय टोलीकै अर्का सदस्य हिसुब थपलिया पनि अष्ट्रेलिया पुगेका थिए । हाल अष्ट्रेलिया मै राष्ट्रिय टोलीबाट खेलिसकेका अधिकांश खेलाडीहरु आफूलाई त्यहाँको फुटबलसँगै करियरमा उभ्याउन व्यस्त पनि छन् ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान