News
क्यान्सरसँग जुध्दै महिला खेलाडी कमला, गोलनेपालद्वारा सहयोगको अपिल
काठमाडौं । एकतर्फ साफ महिला च्याम्पियनसिपको उपविजेता बनेर नेपाली महिला फुटबल टोलीले बधाई र वाहवाही पाउँदै गर्दा अर्कोतर्फ क्यान्सर जस्तो घातक रोगसँग जुधिरहेकी एक महिला खेलाडी कमला श्रेष्ठले आम फुटबलप्रेमीहरुसँग सहयोगको अपिल गरेकी छिन् ।
पूर्वको मोरङ जिल्ला लगायत आसपासका स्थानीय फुटबल प्रतियोगिताहरुमा आफूलाई निरन्तर सक्रिय राखेकी कमला हाल क्यान्सरले गर्दा थलिएकी छिन् । उनको उपचारमा लाखौं खर्च हुने र परिवारको आर्थिक अवस्था कमजोर भएकाले उनले सबैसँग आफ्नो उपचारका लागि सहयोगको अपिल गरेकी छिन् ।
कमलाको उपचार कै लागि भनेर गोलनेपालको तर्फबाट पनि ५००० सहयोगसहित उनलाई सहयोग गर्न सबै फुटबलप्रेमीहरुलाई अपिल पनि गरिएको छ । कमलालाई सहयोग गर्न चाहने सहयोगी मनहरुका लागि तल विवरण दिइएको छ ।
Kamala Shrestha
0845753079092001
NIC ASIA Bank
Post Comments