News काया कप मंसिर तेस्रो साता
गोलनेपाल

काठमाडौं । ‘नेपाली फुटबलको विकास ग्रासरुटदेखि नै गर्नुपर्छ’ भन्ने संकल्पका साथ काया स्पोर्टस, काठमाडौंको आयोजनामा मंसिर तेस्रो सातादेखि काया कप यु–१६ फुटबल प्रतियोगिता हुने भएको छ ।

बाँसबारी स्थित चौर रिक्रिएसन सेन्टरमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु भईसकेको आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गरायो ।

लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा कुल ३२ विद्यालयका फुटबल टोलीहरुले सहभागिता जनाउने छन् । सहभागि टोलीहरुलाई आठ समूहमा विभाजन गरिनेछ । साथै प्रत्येक समूहको शिर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्ने पनि जानकारी गराइयो ।

आयोजकका अनुसार मंसिर १७ र १८ गतेका दिन लिग चरणका खेलहरु हुनेछन् भने मंसिर २० गते नकआउट चरणका खेलहरु हुनेछन् । त्यस्तै मंसिर २२ गते भव्य समापन हुने पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रतियोगिता आयोजनाले सहभागि खेलाडी र विद्यालयहरुबीच आपसी भाईचारा कायम हुने तथा खेलकुदले समाजमा सकरात्मक प्रभाव पार्ने अपेक्षा आफूहरुले लिएको आयोजक क्लबका अध्यक्ष पविन कार्कीले बताए ।

 

Post Comments