News
चौथो खुदुनाबारी गोल्डकपको खेलतालिका सार्वजनिक
अर्जुनधारा । यही कार्तिक २६ गतेदेखि शुरु हुन गईरहेको चौथो खुदुनाबारी गोल्डकप अन्तर नगरपालिकास्तरीय नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।
अर्जुनधारा–३, झापा स्थित कैंदले प्राकृतिक रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिका भिड्ने खेलतालिकामा उल्लेख छ । झापाका कुल १० नगरपालिकाका टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल मंसिर ५ गतेका दिन हुनेछ ।
अर्जुनधारा नगरपालिका वडा नम्बर १, २ र ३ को संयुक्त आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा