News चौथो खुदुनाबारी गोल्डकपको खेलतालिका सार्वजनिक
रमेश समदर्शी

अर्जुनधारा । यही कार्तिक २६ गतेदेखि शुरु हुन गईरहेको चौथो खुदुनाबारी गोल्डकप अन्तर नगरपालिकास्तरीय नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।

अर्जुनधारा–३, झापा स्थित कैंदले प्राकृतिक रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिका भिड्ने खेलतालिकामा उल्लेख छ । झापाका कुल १० नगरपालिकाका टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल मंसिर ५ गतेका दिन हुनेछ ।

अर्जुनधारा नगरपालिका वडा नम्बर १, २ र ३ को संयुक्त आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो ।

Post Comments