News
तेस्रो कार्तिकेय कुमार गोल्डकपको तयारी पूरा (खेलतालिकासहित)
कर्जन्हा । कर्जन्हा नगरपालिका शिक्षा तथा खेलकुद शाखा, सिराहाको आयोजना तथा बन्दीपुर युथ क्लब, कर्जन्हा, सिराहाको सह–आयोजनामा हुन गईरहेको तेस्रो कार्तिकेय कुमार गोल्डकपको तयारी पूरा भएको छ ।
आयोजकले प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरेको छ । उद्घाटन खेलमा कार्तिक २९ गतेका दिन बागमती फुटबल क्लब, सर्लाही र डाँगीहाट फुटबल क्लब, मोरङ भिड्ने खेलतालिकामा उल्लेख छ । कुल आठ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल मंसिर ६ गतेका दिन हुनेछ ।
प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपाल डटकमले प्रतियोगिताको सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।
Post Comments
Related News