News
तेस्रो मोतिपुर फुलबारी कप मंसिर ८ गतेदेखि
वाणगंगा । मोतिपुर प्रगतिशील युवा क्लब, वाणगंगा–७, मोतिपुर, कपिलवस्तुको आयोजनामा आउँदो मंसिर ८ गतेदेखि तेस्रो मोतिपुर फुलबारी कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
वाणगंगा–७, मोतिपुर स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको मंसिर ६ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ६००० तोकिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो । त्यसबाहेक व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments
Related News
- कपिलवस्तुमा ग्रीन भिजनलाई दोस्रो शिवशक्ति कपको उपाधि
- शिवशक्तिको आयोजनामा कपिलवस्तुको शिवराज नगरपालिकामा मैत्रीपूर्ण फुटबल म्याच सम्पन्न
- दोस्रो शिवशक्ति कपः फाइनलमा ग्रीन भिजन र आयोजक शिवशक्ति भिड्ने
- शिवगढी स्र्पोटिङ र ग्रीन भिजन दोस्रो शिवशक्ति कपको सेमिफाइनलमा
- दोस्रो शिवशक्ति कपः जागृति युथ र आयोजक शिवशक्ति सेमिफाइनलमा