News माल्दिभ्सको शिर्ष लिग आजदेखि शुरु हुँदै
गोलनेपाल

काठमाडौं (एजेन्सी) । साफ च्याम्पियन माल्दिभ्सको प्रतिष्ठित तथा शिर्ष लिग दिवेही प्रिमियर लिग आजदेखि शुरु हुँदैछ । माले स्थित नेशनल स्टेडियममा हुने लिगको उद्घाटन खेलमा स्थानीय समयअनुसार ४ बजेदेखि शुरु हुने डिफेन्डिङ च्याम्पियन माजिया र युनाइटेड भिक्टरी भिड्दै छन् ।

लिगमा कुल आठ टोलीहरु सहभागि छन् । स्मरणीय छ, युनाइटेड विक्टरी यसै बर्ष शिर्ष डिभिजनमा बढुवा भएको नवआगन्तुक टोली समेत हो । गत सिजन भिक्टरी स्पोर्टस क्लब र न्यु रेडियन्ट क्लब रेलिगेशनमा परेका थिए ।

न्यु रेडियन्टलाई भने माल्दिभ्स फुटबल फेडरेशनले खेलाडीहरुलाई पारिश्रमिक नदिएको र फिफा र फुटबल संघलाई तिर्नुपर्ने जरिवाना पनि नबुझाएको भन्दै गत बर्ष निलम्बन गरेको थियो ।

आगामी बर्षकाृ मई महिनासम्म चल्ने लिगको विजेताले प्रतिष्ठित एएफसी कप खेल्नेछ । त्यस्तै लिगको दोस्रो स्थानमा रहनेले एएफसी कपको प्रारम्भिक चरणतर्mको दोस्रो राउण्डको खेल खेल्ने पाउनेछ ।

त्यस्तै लिगतालिकाको पुछारको टोली रेलिगेशनमा पर्नेछ भने पुछारबाट दोस्रो रहेको टोलीले रेलिगेशन वा प्रोमोशनका लागि प्ले अफ खेल्नेछ ।

 

Post Comments