
थाइल्याण्डमा यहि अक्टुबर २४ देखि २८ तारीखसम्म हुन गईरहेको एएफसी यु–१९ महिला च्याम्पियनसिप छनौट खेल्ने नेपाली यु–१९ महिला फुटबल टोली बिदाई गरिएको छ ।
आइतबार ललितपुर स्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित बिदाई कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत अन्य पदाधिकारीहरुले यु–१९ महिला टोलीको बिदाई गरे । नेपाली टोली सोमबार थाइल्याण्डतर्फ प्रस्थान गर्दैछ ।
छनौट खेलतर्फ नेपाल आयोजक थाइल्याण्ड, भारत र पाकिस्तानसँगै समूह बी मा रहेको छ । नेपालले आफ्नो पहिलो खेल २४ अक्टुबरका दिन थाइल्याण्डसँग खेल्नेछ । त्यस्तै २६ तारीखका दिन भारतसँग खेल्नेछ भने अन्तिम खेल २८ तारीखका दिन पाकिस्तानसँग खेल्नेछ ।
छनौट प्रतियोगितामा सहभागि कुल २४ टोलीलाई ६ समूहमा बिभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष स्थान हासिल गर्ने समूह विजेता टोली र उत्कृष्ट दुई उपविजेता टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणमा भिड्ने ८ टोलीहरुलाई दुई समूहमा विभाजन गरिनेछ ।
ती दुई समूहबाट शिर्ष दुई स्थान हासिल गर्ने टोली आगामी बर्ष थाइल्याण्डमा हुने एएफसी यु–१९ महिला च्याम्पियनसिपका लागि छनौट हुनेछन् । आयोजक थाइल्याण्ड, चीन, जापान र उत्तर कोरिया भने यसअघि नै अन्तिम चरणका लागि छनौट भईसकेका छन् ।
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)