News च्यासलले अनुबन्ध गर्यो नयाँ बिदेशी खेलाडी
गोलनेपाल

हाल नेपालीहरुको दुई महान चाड दशैं र तिहारका लागि रोकिएको ए डिभिजन लिगका लागि च्यासल युथ क्लबले बिदेशी खेलाडी सिकोलाई क्लबमा अनुबन्ध गरेको छ ।

क्लब र खेलाडीबीचको आर्थिक सम्झौता लगायतका कुराहरु भने केही खुलाइएको छैन ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा यहि असोज १३ गतेदेखि शुरु भएको लिगको पहिलो चरणको खेलहरु भने सम्पन्न भईसकेका छन् ।

लिगको बाँकी खेलहरु तिहार लगतै नयाँ खेलतालिका सार्वजनिक गरिने बताइएको छ ।

Post Comments